विद्यालय खोल्ने तयारीमा जुटे स्थानीय तह

डडेलधुरा- डडेल्धुराका स्थानिय तहहरु विद्यालय संचालनका लागि तयारीमा जुटेका छन् । स्वास्थ्य सुरक्षा अपनाउँदै विद्यालय संचालनको तयारीमा जुटेका हुन् ।
जिल्लाका सातवटै स्थानिय तहहरु विद्यालय संचालनका लागि स्थानिय तहभित्र रहेका प्रधानाध्यापकका साथै अभिभावकहरुसँग छलफल गरिरहेका छन् ।
शिक्षा मन्त्रालयले जारी गरेको शिक्षण सिकाई निर्देशीका अनुसार विद्यालय संचालनका लागि गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी अभिभावकहरुसँग छलफल गरिरहेको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्टले वताउनुभयो । साथै विद्यालय भर्ना पनि शुरु गरेको अध्यक्ष भट्टले वताउँनुभयो ।
यसैगरी अजयमेरु गाउापालिकाले गाउँपालिका बाहिर रहेका शिक्षकहरुलाई बोलाउन थालेको छ । अजयमेरु गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन् । –






प्रतिक्रिया राख्नुहोस्