संक्रमण बढेपछि स्पेनमा पुनः लकडाउन, लकडाउन विरुद्ध सर्वसाधारणको विरोध प्रदर्शन

काठमाडौं- स्पेनको राजधानी शहर मेड्रिडको गरिब बस्तीका स्थानीयले कोभिड-१९ संक्रमण बढेपछि पुनःलगाइएको लकडाउनको विरुद्ध प्रदर्शन गरेका छन् ।

आजैदेखि शुरु हुने लकडाउनमा मानिसको आवत जावत र जमघटमा रोक लगाइएको छ । लकडाउनका कारण कम आय भएका आप्रवासीहरुको बसोवास भएको सो क्षेत्रका झण्डै ८ लाख ५० हजार मानिस प्रभावित हुनेछन् ।

प्रदर्शनकारीहरुले आफूहरुलाई एक्लाइएको भन्दै गुणस्तरीय स्वास्थ्य सेवाको माग गरेका छन् । स्पेन युरोपमा सबैभन्दा बढी कोरोना संक्रमण भएको मुलक हो । त्यसमा पनि राजधानी म्याड्रिड सबैभन्दा प्रभावित छ ।

आइतबार भएको प्रदर्शनमा कोरोना विरुद्धको प्रतिबन्ध लगाइएका ३७ जिल्ला मध्ये १२ जिल्लामा शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.