पश्चिम नवलपरासीमा ३० प्रहरी सहित ५४ जनामा कोरोना संक्रमण

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीमा सोमबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३० जना प्रहरी छन् । सुनवलमा रहेको दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत ३० जना प्रहरीमा कन्ट्रयाक ट्रेसिङ्गको क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

संक्रमित सबै १९ देखि ५१ वर्ष सम्मका पुरुष छन् । यस अगाडी सो गणमा कार्यरत ६ जना प्रहरीमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरि परीक्षणका लागी पठाईएको थियो । आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणका क्रममा जिल्लाको रामग्राम र पाल्हीनन्दनका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब परीक्षणमा ढिलाई भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । यो संगै जिल्लामा कोरोना संक्रमितको सङख्या ४ सय ९९ पुगेको छ । जसमध्ये २ सय २५ जना संक्रमण मुक्त भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.