ट्रम्पको आरोपले फेरि तनाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभाको न्युयोर्कमा जारी बैठकमा चीनले कोरोना भाइरसको संक्रमण फैलाएको आरोप लगाएपछि दुई देश बीच तनाव बढेको छ ।

महासभाको वार्षिक अधिवेशनका क्रममा राष्ट्रपति ट्रम्पले चीनले महामारीको जिम्मेवारी लिनुपर्ने बताउनु भयो । चीनिया राष्ट्रपति सी चिनफिङले चीनले कुनै पनि देशसँग शीत युद्धमा प्रवेश गर्ने मनसाय नराखेको बताउनु भयो । विश्वका दुई शक्ति राष्ट्र बीच तहगत रुपमा तनाव बढ्दो छ । यस वर्ष कोरोना भाइरसको महामारीका कारण राष्ट्र संघको बैठक विश्वका नेताहरुको रेकर्डेड भाषण सहित भर्चुअल रुपमा गरिदैछ ।

राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनमा चीनले विश्वभर कोरोना भाइरस फैलाएको आरोप लगाएपछि दुई देश बीच आरोप प्रत्यारोप चलेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.