बाढीले बिद्युत प्राधिकरणको जिप बगाउँदा ३ बेपत्ता

कपिलवस्तु- कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले बिद्युत प्राधिकरणको जिप बगाउँदा ३ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बिद्युत प्राधिरकण जितपुर सव-स्टेशनका प्रमुख कृष्ण पौडेल, सवारी चालक माधव पाण्डे र एक स्थानिय रहेका छन् ।

जिपमा ४ जना कर्मचारी र २ जना सर्वसाधरण चढेका थिए । २ कर्मचारी र १ स्थानिय भाग्न सफल भएपनी ३ जना जिपसँगै बगेका थिए ।

मोतिपुर नजिकैको कजवे पार गर्ने क्रममा जिप बगाएको थियो । घटनास्थलमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी परीचालन भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.