एनटीभी प्लस स्थापनाको १७ बर्ष पूरा

काठमाडौं- नेपाल टेलिभिजनका पाँचवटा च्यानलहरुमध्येको एक – एनटीभी प्लस स्थापना भएको १७ बर्ष पुरा भएको छ ।

NTV PLUS को १७ औं बार्षिकोत्सबको अवसरमा नेपाल टेलिभिजनमा एउटा छलफल एवं समिक्षात्मक कार्यक्रम गरियो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र बिष्टले एनटीभी प्लसका कार्यक्रमहरुलाई अझै परिस्कृत र परिमार्जन गर्दै लैजानुपर्ने वताउनु भयो ।

पहुँचका हिसावले नेपाल टेलिभिजनका पाँचवटै च्यानल समान रहेकाले च्यानलका विषयवस्तुलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने भनाइ कार्यकारी अध्यक्ष डाक्टर बिष्टको थियो ।

यसैगरी, नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले कार्यक्रमहरुको गुणस्तर बढाउन कार्यक्रममा देखिने कमी-कमजोरी सुधारेर अगाडि बढ्नुपर्ने वताउनु भयो ।

कार्यक्रममा नेपाल टेलिभिजन संचालक समितिका सदस्य मनोहरि थापा र नायव महाप्रबन्धक बिष्णुराम न्यौपानेले नयाँ प्रविधिहरुको प्रयोग गरेर कार्यक्रमलाई बढी प्रतिस्पर्धी, रोचक र आकर्षक बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

एनटीभी प्लसका प्रमुख रबिन्द्र घिमिरेले एनटीभी प्लसले खेलकुद, मनोरञ्जन, स्वास्थ्य, शिक्षा, युवा लगायतका विषयहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपाल दाहाल र नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष विश्वेश्वर पौडेलले च्यानलको स्तरबृद्दिसँगै कर्मचारीहरुको हितमा ध्यान दिन व्यववस्थापनसँग आग्रह गरे ।

त्यस अवसरमा बिभिन्न महाशाखाका निर्देशक एवम महाशाखा प्रमुखहरुले एनटिभी प्लसलाई व्यावसायिक एवम कार्यक्रमका हिसाबले अझै लोकप्रिय बनाउँदै लानुपर्ने सुझाव दिएका थिए ।

एनटीभी प्लस २०६० सालमा स्थापना भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.