बाबरी मस्जिद भत्काएको मुद्दामा भाजपाका नेता आडवाणीसहित ३२ जनालाइ सफाइ

काठमाडौं- भारतको एउटा अदालतले बाबरी मस्जिद भत्काएको मुद्दामा भारतीय जनाता पार्टिका नेता लालकृष्ण आडवाणी मुरली मनोहर जोशी र उमा भारतीसहित ३२ जनालाइ निर्दोष घोषित गरेको छ ।

सन् १९९२ मा राम जन्मभूमि र बाबरी मस्जिद सम्बन्धी विवाद चल्दा तोडफोडका घटनामा २ हजार जनाको मृत्यु भएको थियो । तोडफोड र हिंसा सम्बन्धी मुद्दामा ४९ जना संलग्न रहेकोमा १७ जनाको मुद्दा चलेकै अवधिमा मृत्यु भैसकेको छ ।

अदालतको सो फैसला प्रति कांग्रेस आइ र कम्युनिष्ट पार्टी मार्क्सवादिका साथै मुसलमान समुदायले असन्तुष्टी जनाएका छन्। अयोध्याको बाबरी मस्जिद रहेको भूभाग राम जन्म भूमि भएको फैसला गत वर्ष नै भारतको सवोच्च अदालतले गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.