अव्यवस्थित तारहरु हटाउन स्थानीयको माग

धादिङ- जथाभावी टाँगिएका  तारहरुका कारण विद्युतीय दुर्घटना हुनसक्ने भन्दै धादिङका स्थानीयहरुले बजार क्षेत्रमा रहेका विजुली र टेलिफोनका तारहरु ब्यवस्थित गरिदिन सरोकारवाल निकायसँग माग गरेका छन् ।

अव्यबस्थित  तारहरुको गुजुल्टाका कारण बजारसमेत कुरुप भएको र बेला बेलामा विद्युत सट भई आगोलागिका घटना हुने गरेकोले आगामी दिनहरुमा  सम्भावित विद्युतीय दुर्घटना हुन नदिन उनीहरुले यस्तो माग गरेका हुन् ।

सदरमुकाम आसपासमा गाडिएका विद्युत पोल र दूरसञ्चारले टेलिफोन विस्तारका लागि गाडिएका पोलहरुमा पचास प्रतिशत तारहरु काम नै नलाग्ने भएकोले त्यस्ता तारहरु तत्काल हटाउनुपर्ने उनीहरुको माग छ ।

विजुली र ल्याण्ड लाइन टेलिफोन विस्तारका लागि गाडिएका बजार क्षेत्रको फलामे पोलसमेत जीर्ण भई धराप बनेको छ ।

खासगरी, गुजुल्टिएर रहेका तारहरु  बजार क्षेत्रका ब्यस्त चोकहरुमा धेरै रहेका छन् ।
यसरी रहेका तारहरु हटाउन सकिएको खण्डमा बजारको  सौन्दर्यमा समेत फरक आउने उनीहरु बताउँछन ।

दूरसञ्चार प्राधिकरणले ल्याण्डलाइन टेलिफोन विस्तारका  लागि गाडिएका पोलमा र विजुलीका पोलमासमेत इन्टरनेट र केवुल लाइनका अनावश्यक तारहरु रहेका छन् ।

दूरसञ्चार प्रदायक निजी कम्पनीहरुले केही शुल्क तिरेर टेलिफोनको पोलमा आफ्नो इन्टरनेट र केवुल तारहरु टाँगे पनि  विजुलीको खम्बामा भने अन्य कुनै तारहरु टाँग्न पाउने कानूनी व्यवस्था छैन ।

टेलिफोनको खम्वामा पनि ब्यवस्थित तवरले मात्र तार राख्न पाउने छ । नीलकण्ठ नगरपालिकालाई स्थानीयहरुले पटक पटक त्यस्ता तारहरु हटाउन आग्रह गर्दै आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.