ढुङ्गा फोर्ने सिप सिकेपछि चिटिक्क परेका घर निर्माण गर्ने लहर
मुगु- मुगु जिल्लाको पूर्वी क्षेत्रका बासिन्दाहरु केहि बर्षयता ढुङ्गा फोर्ने सिप सिकेर सुन्दर घर निर्माण गर्न थालेपछि त्यस क्षेत्रका बस्तीहरुको रुपनै फेरिंदै गएको छ ।
बौध्द धर्मालम्बिहरुको बसोबास रहेको उक्त ठाँउमा राम्रो ढुङ्गा नपाउने हुदाँ पहिले बनेका सबै घरहरु झुपडी जस्तै देखिने गर्छन् । सिङ्गो भेकभरी घर निर्माण गर्ने राम्रो ढुङ्गा नपाउँदा काठ निगाला र बेसाइजका ढुङ्गाबाट घर निर्माण गर्दै आएका थिए ।
करिब २ दशकयता केहि व्यक्तिले ढुङ्गा फोर्ने सिप सिकेपछि अहिले चिटिक्क परेका चौकोस मिलेका राम्रा घर निर्माण गर्ने लहरनै चलेको छ । बेसाइजका कडा र बेकामे ढुङ्गा सहजै फोर्ने कला सिकेपछि पछिल्लो समय त्यो क्षेत्रका घरहरु अत्यन्तै सुन्दर र जिल्लाकै नमुना घर बन्न थालेका छन् ।
सुरुका दिनमा ढुङ्गा फोरेर आफ्ना घर मात्र बनाएका थिए भने विस्तारै गाँउ हुँदै अहिले गाउँभरी उनिहरुको माग बढदै गएको छ । ढुङ्गा फोर्ने सिपले मनग्य आय आर्जन हुनुका साथै बेकामे ढुङ्गाको सदुपयोग समेत हुन थालेपछि सबैको ध्यान ढुङ्गा फोर्ने सिप सिक्नतिर लागेका छन् ।
छायानाथ तिर्थस्थल,ऐतिहाँसिक मुगु गाँउ, ठुलो कोर्इकी क्षेत्र लगाएत थुप्रै पर्यटकीय संभावना रहेको मुगुमकार्मार्मारोङ्ग गाँउपालिकामा यस्ता सुन्दर र पक्कि घर निर्माणले पर्यटकहरुलार्इ बास बस्न सहज हुनुका साथै थप आकर्षण बढ्नेदेखिन्छ ।
परम्परागत फलामे औजारबाट ढुङ्गा फोर्ने पेशालार्इ आधुनिकिकरण गर्दा स्थानियको आयआर्जन बढ्नुका साथै सुन्दर घर निर्माणले पर्यटन व्यवशायमा समेत टेवा पुग्नसक्ने बुध्दिजिविहरुको तर्क छ ।-






प्रतिक्रिया राख्नुहोस्