निगमका नवनियुक्त महाप्रबन्धकको पदभार ग्रहण

काठमाडौं– नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले सोमबार आफ्नो पदभार ग्रहण गर्नुभयो । निगम कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रबन्धक पाएकोमा खुसी व्यक्त गर्नुभयो । पौडेललाई नेपाल सरकारले ४ वर्षको लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उहाँ यस अघि निगम सञ्चालक समितिको सदस्य हुनुहुन्थ्यो ।

कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रशन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रवन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाउनुभयो ।

पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले निगमलाई गतिशील बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी संचालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढंगले सिर्जनात्मक काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नायब महाप्रबन्धक गणेशबहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्नु हुने व्यक्ति निगमको महाप्रबन्धक भएर आउनु भएकोले निगमले गति लिने विश्वास व्यक्त गर्नुभयो । आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले निगमसँग पर्याप्त सम्भावना भए पनि हालको समस्याबाट पार पाउन निकै महत्वपुर्ण प्रयास आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.