इटलीमा फेरि संक्रमण तिब्र, कडा प्रतिबन्ध लागु गर्ने निर्णय

इटलीमा कोरोनाभाइरसका नयाँ संक्रमितहरू फेला पर्न थालेपछि त्यहाँको सरकारले कडा प्रतिबन्धहरु लागु गरेको छ।

इटलीमा पछिल्लो समय नयाँ संक्रमितहरूको संख्यामा वृद्धि हुन थालेपछि पुनः लकडाउन हुन नदिनका लागि प्रतिबन्धहरू लागु गर्नुपरेको प्रधानमन्त्री जिसेपे कोन्टेले बताउनुभएको छ।

आइतबार इटलीमा कोरोनाभाइरसको महामारी शुरू भएएताकै सबैभन्दा धेरै संक्रमितहरू फेला परेपछि पनि यस्तो सरकारी कदम चालिएको हो।

आइतबार १ हजार ९ सय ५ नयाँ संक्रमितहरू फेला परेका थिए भने शनिवार १० हजार ९ सय २५ संक्रमितहरू भेटिएका थिए।

सरकारले नगरप्रमुखहरूलाई रातको ९ बजेपछि सार्वजनिक स्थानहरू बन्द गर्न आदेश दिने र रेष्टुरेन्टहरूको खुल्ने समय तथा ग्राहकहरूको संख्या तोक्न पाउने अधिकार दिएको छ।

युरोपमा शुरूवातमा कोरोनाभाइरस देखिँदा सबैभन्दा बढी प्रभावित इटली  थियो। त्यहाँ हालसम्म ४ लाख १४ हजार संक्रमित भएका छन् भने ३६ हजार पाँच सयको मृत्यु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.