टर्कीमा शक्तिशाली भूकम्प, कम्तिमा २२ जनाको मृत्यु

टर्की– टर्कीको इजियन समुद्रि तटीय क्षेत्र र ग्रीसको सेमोस टापुको उत्तरी क्षेत्र आसपासमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको ज्यान गएको छ भने कैयौँ घरहरूमा क्षति पुगेको छ।

टर्कीको इज्मिर प्रान्तलाई केन्द्रविन्दु बनाएर सात म्याग्निट्युडको भूकम्प गएको अमेरिकी भूगर्भ निकायले जनाएको छ। भूकम्पका कारण समुद्रमा छालहरू आएपछि इज्मिर र सेमोसमा डुबानमा पनि परेका थिए। टर्कीले भने भूकम्प ६ दशमलब ६ म्याग्निट्युडको भएको र इज्मिरमा २० जनाको मृत्यु भएको र सात सय ८६ जना घाइते भएको जनाएको छ।

हाल उद्धार तथा खोजी कार्य जारी रहेको र इज्मिरमा ७० जनालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको टर्कीका अधिकारीहरूले बताएका छन्। टर्की र ग्रीस दुवै भूकम्पीय जोखिम क्षेत्रमा पर्दछन् र सन् १९९९ मा टर्कीको इज्मिरमै ७ दशमलब ६ म्याग्निट्युडको भूकम्प जाँदा झण्डै १७ हजार मानिसले ज्यान गुमाएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.