आइपीएल अन्तर्गत आज दिल्ली र मुम्बाइबीच खेल हुँदै

काठमाडौं- इन्डियन प्रिमिएर लिग आईपीएल अन्तरगत आजबाट क्वालिफायर खेलहरु हुदैँ छन ।

क्वालिफायर अन्तर्गत आजको पहिलो खेल साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स बीच हुँदैछ । युएइको दुबाई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आज साँझ नेपाली समय अनुसार ७:४५ बजे खेल शुरु हुनेछ ।

त्यस्तै भोलि पहिलो एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रॉयल चैलेंजर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

आज जित्ने टिम फाइनलमा पुग्ने हुँदा खेल महत्वपूर्ण मानिएको छ । अंक तालिकामा मुम्बई इण्डियन्स शिर्ष स्थानमा छ भने दोस्रोमा दिल्ली कैपिटल्स रहेको छ ।

त्यस्तै सनराइजर्स तेस्रो र  रोयल चैलेंजर्स बैंगलोर चौंथो स्थानमा रहेका छन ।

बुधबार सनराइजर्स हैदरावादले शीर्ष स्थानको मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जितसँगै आईपीएल क्रिकेटको प्लेअफ समिकरण पूरा गरी क्वालिफायर राउण्डमा प्रवेश गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.