कोरोना महामारीले रोकिएका देशमा हवाई उडान सुरु गर्ने सीसीएमसीको निर्णय

काठमाडौं– कोरोना महामारीका कारण बन्द गरिएका दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सुरु हुने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले हाल खुल्ला गरिएका नियमित उडानका अतिरिक्त दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सुरु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तहमा होम आइसोलेशनमा बसेका नागरिकलाई स्वास्थ्य परामर्श दिनका लागि स्थानीय तहका वडाबाट स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्श गर्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालयबाट अनुरोध गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले बिदेशी कुटनीतिकका कर्मचारीहरु नेपाल आउनलाई अनुमति भएकामा परिवार समेत आउन पाउन पाउने गरि छुट दिन मन्त्रिपरिषद्मा प्रस्ताव गरिने गुरागाईले बताउनुभयो ।

त्यस्तै विदेशमा रहेका नेपालीहरुको शव व्यवस्थापन गर्न बाकी रहेकाले शव नेपाल ल्याउनका लागि व्यवस्थापन गर्न श्रममन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको उहाले जानकारी दिनुभयो ।

गुरागाईले हालसम्म १ लाख ३६ हजार २१६ नेपालीको उद्दार भइसकेको र कुटनीतिक नियोगबाट उद्दारका काम सकिएको जानकारी आएकाले कोहि नेपालीको उद्दार गर्नुपर्ने भए नियमित उडानबाटै समायोजन गरेर उद्दार गर्ने तथा उद्दारका लागि अव थप उडान नगर्ने निर्णय गरिएको गुरागाईले बताउनुभयो ।

समितिको बैठकले हाल अन्तराष्ट्रिय सतह मार्गका १३ स्थानबाट नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइएकोमा बैतडीको झुलाघाटबाट पनि प्रवेश दिने निर्णय गरेको छ । त्यस्तै पर्यटन गतिविधिहरुलाई केहि खुल्ला गर्नका लागि केवलकार, जंगलसफारी लगायतका क्षेत्रलाई खुल्ला गर्न दिने निर्णय पनि बैठक गरेको छ । बैठकमा नेपालमा हाल कोरोना संक्रमणको अवस्थाका बारेमा पनि समिक्षा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गुरागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.