महालक्ष्मी नगरपालिकाले सुरु गर्‍यो बहुउद्देश्यीय शिक्षालय

ललितपुर– महालक्ष्मी नगरपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि महालक्ष्मी बहुउद्देश्यीय शिक्षालय सुरु गरेको छ ।

नगरपालिकाले आंगिक स्वीकृति लिएर वडा नम्बर ९ मा बहुउद्देश्यीय शिक्षालय सुरु गरेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । ललितपुर जिल्लामा नै पहिलोपटक बहुउद्देश्यीय शिक्षालय सुरु गरिएको उहाँको भनाइ छ ।

शिक्षालयमा यही शैक्षिक सत्रबाट डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ सुरु गरिएको छ । ‘अर्को वर्षदेखि फार्मेसी, जियोमेट्रीक, आर्किटेक्ट इञ्जिनियरिङको अध्ययन गराउने योजना छ,’ उहाँले भन्नुभयो ।

नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । नगरपालिकाले नगर शिक्षाको व्यवस्थापन सुरु गरेपछि सरकारी विद्यालयमा विद्यार्थीहरुको चाप बढेको छ भने गुणस्तीयतामा पनि वृद्धि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.