नेता र अंगरक्षकमा कोरोना देखिएपछि कांग्रेस बैठक सर्‍यो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २७ गते अपराह्न १ बजे बस्ने भएको छ ।

यसअघि कात्तिक २४ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्ना सुरक्षाकर्मीमा कोराना भाइरस संक्रमण देखिएपछि होम आइसोलेशनमा रहनुभएकाले सारिएको थियो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही दिनदेखि जारी पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठक पनि सहमतिमा आइतबार सम्पन्न भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.