गत २४ घण्टामा थपिए २७३६ नयाँ संक्रमित, उपत्यकामा १४२० जनामा संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा २७३६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२९६० जनाको पीसीआर परीक्षण गर्दा २७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा आजसम्म १९९७६० जना संक्रमित भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै १५३३ जना संक्रमित भएका छन् । काठमाडौंमा ११४१, भक्तपुरमा ८६ र ललितपुरमा १९३ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६०५७७ रहेको छ । नेपालमा निको हुनेको दर ८० प्रतिशत रहेको छ ।

कोरोनाबाट थप २२ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.