दरबार हाइस्कुलका शिक्षकलाई ल्यापटप र मोबाइल

काठमाडौं- ऐतिहासिक दरबार हाइस्कुल (भानु र संस्कृत मावि) मा वैकल्पिक माध्यमबाट पठपाठनमा सहजताका लागि जनता क्लब अफ काठमाडौँले आज ल्यापटप र मोबाइल हस्तान्तरण गरेको छ ।

सो क्लवले दुवै विद्यालयका शिक्षकले अनलाइन कक्षामा प्रयोग गर्ने गरी करिब रु १२ लाख बराबरको जम्मा २० थान ल्यापटप र ४० थान मोबाइल प्रदान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा सो क्लबका अध्यक्ष सीमा गोल्छाले विद्यालयको नवनिर्मित भवनमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा मन्त्री भट्टराईले ऐतिहासिक उक्त विद्यालयमा नयाँ भवन बनेकामा बधाई दिँदै शिक्षालाई विद्यमान विषम स्थितिमा पनि वैकल्पिक माध्यमबाट निरन्तरता दिनका लागि प्राप्त सामग्री उपयोगी हुने बताउनुभयो ।

प्राज्ञ डा देवी नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । सोही अवसरमा विद्यालयले आयोजना गरेको काठमाडौँ जिल्लास्तरीय माध्यमिक तहका विद्यार्थीका लागि गरिएको अनलाइन निबन्ध प्रगियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो । काठमाडौँ महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष चिनीयामान बज्रायार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य वसन्त मानन्धरले विद्यालयलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

विनासकारी भूकम्पबाट ध्वस्त सो विद्यालयमा चीन सरकारले बनाइदिएको नयाँ आधुनिक भवन यही कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो । नयाँ भवनमा प्रयोगशाला र कम्प्युटर ल्याब उपलब्ध भए पनि हालको विषम स्थितिमा अनलाइन कक्षाका लागि ल्यापटप र मोबाइलको आवश्यकता परेको संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीले बनानउभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.