नेपाल–बंगलादेशबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौं– नेपाल–बंगलादेशबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

बंगलादेशले दुई खेल खेल्नका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेको थियो । नेपालले सो प्रस्ताव स्वीकार गर्दै खेल खेल्नका लागि बंगलादेश गएको हो । गत शुक्रबार सम्पन्न भएको पहिलो खेलमा २-० को हार व्यहोरेको नेपालले आजको दोस्रो खेलमा भने जीत निकाल्ने दाउमा छ । कोभिडका कारण दुई साताभन्दा पनि कम समयको तयारीपछि नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको हो । नेपालले दुई वर्ष अगाडि सन् २०१८ को साफ च्याम्पियनमा बंगलादेशलाई आज हुने खेल मैदानमै २-० ले पराजित गरेको थियो ।

त्यसको बदला बंगलादेशले गत शुक्रबारको खेलमा निकालिसकेको छ । शुक्रबारको खेलमा टीमको प्रदर्शनप्रति असन्तुष्टि जनाएका नेपाली प्रशिक्षक बालगोपाल महर्जनले सबै कमजोरीहरु सुधार गर्ने दाबी गरेका छन् । आजको खेल पनि दर्शक विना नै ढाका स्थित बंगबन्धु नेसनल स्टेडियममा नेपाली समय अनुसार ४.४५ बजे खेलिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.