नेपालमा कोरोना संक्रमित २४ घण्टामा ५ सय २ जनामा सीमित

काठमाडौं– तिहारका कारण पीसीआर परीक्षण गराउनेको संख्यामा कमी आएसँगै संक्रमितको संख्या ५ सय २ जनामा सीमित भएको छ ।

गत २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गराउँदा जम्मा ५ सय २ जनामा संक्रमण भेटिएको छ । तर, मृत्यु हुनेको संख्या भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । गत २४ घण्टामा कोरोनाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने १ लाख ७९ हजार २ सय ४२ छन् । निको हुने दर पनि वृद्धि भएर ८४ दशमलव ८ प्रतिशत पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३०९६८ रहेको छ । त्यो भनको संक्रमितको १४ दशमलव ६ प्रतिशत हो ।

उपत्यकामा भने ३३९ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा २८९, भक्तपुर १२ र ललितपुरमा ३८ जना संक्रमित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.