कोरोना महामारीसँगै प्रमुख पर्यटकीयस्थल गोसाईकुण्ड सुनसान (फोटो फिचर)

रसुवा- कोरोना महामारीसँगै रसुवाको प्रमुख पर्यटकीयस्थल गोसाईकुण्ड ठप्प भएको छ । मानिसहरुको चहलपहल नभएपछि होटलमा ताला लागेका छन् भने गोसाइँकुण्ड सुनसान भएको छ ।

फाट्टफुट्ट मानिसहरु हेलिकप्टरमार्फत दर्शन गर्न गएपनि चहलपहल नभएको बताईएको छ । यस सिजनमा चारैतर्फ देखिने भएकाले दृश्यावलोकनका लागि आन्तरिक पर्यटक तथा बाह्‍य पर्यटकको भिड नै लाग्ने गर्दथ्यो ।

हिन्दु र बौद्ध धर्मावलम्वीहरुको आवतजावत रहने गोसाईकुण्डमा जनैपूर्णीमा र गंगा दशहरामा मेलामा बढी भिड लागे पनि यो सिजनमा निकै तीर्थयात्री तथा पर्यटकहरु आउने लामटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार यस क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा देख्न सकिने तथा यससँगै सबैभन्दा बढी कुण्ड यसै क्षेत्रमा रहेकाले कुण्डको अध्ययन, अवलोकनका साथै तीर्थका लागि वार्षिक हजारौं पर्यटक गोसाईकुण्ड पुग्ने गरेका छन् ।-

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.