सञ्चालनमा नआउँदै सव-स्टेशनको भवन चर्कियोः कार्यालय प्रमुख अनभिज्ञ (भिडियो)

डडेलधुरा- डडेल्धुरा भागेश्वर गाउँपालिकामा निर्माण भएको नेपाल विद्युत प्राधिकरणको सव-स्टेशन संचालनमा नआउँदै सव-स्टेशनको भवन चर्किएको छ ।

भागेश्वर गाउँपालिका वडा नम्वर ४ को डुङरीमा निर्माण भईरहेको ३ एमभिएको सव-स्टेशनको नवनिर्मित भवनका भित्ताका साथै छत र पेटी समेत चर्किएको छ ।

नेपाल सरकारको करिव पाँच करोड रुपैयाँको लागतमा निर्माण भएको यो सवस्टेशनको भवनको चर्किएका भागमा निर्माण कम्पनीले लिपपोत गरेको छ ।

यसैगरी भवनको घेरवार लगाइएको पर्खाल भत्किएको छ भने भवनको आगन समेत चर्किएको छ । भवन चर्किएको वारेमा आफुलाई कुनै जानकारी नभएको र अब अनुगमन गर्ने नेपाल विद्युत प्राधिकरण सुदुरपश्चिम प्रदेश प्रादेशिक कार्यालयका प्रमुख जगदिश चन्द्र जोशीले बताउनु भयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.