पहिलो क्वालिफायर: सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र जोड्यो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा १ छक्का र ३ चौकासहित ५२ रनको अर्धशतकीय पारी खेले । यस्तै इशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन बनाए ।।






प्रतिक्रिया राख्नुहोस्