दाङको अमिलियामा यात्रुवाहक बस दुर्घटना, १४ जना घाइते

दाङ- बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको अमिलिया स्थित शिवखोलामा दुर्घटना हुँदा १४ जना घाइते भएका छन ।

आज बिहान करिब ७ बजे भे १ ख ३१३० नम्बरको बस लमही नगरपालिका-९ स्थित शिवखोला, अमिलियामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते भएका सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाइएको छ ।

दुर्घटनालगत्तै प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।

घाइतेहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.