कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

२४ घण्टामा थपिए १६७४ कोरोना संक्रमित

काठमाडौं- नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ सय नाघेको छ । विगत २४ घण्टामा सात जनाको मृत्यु भए सँगै मृत्यु हुनेको संख्या १३ सय ५ पुगेको छ । त्यस्तै आज १६ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २३ सय २३ जना सङक्रमणमुक्त भएका छन् । तुलनात्मक तथ्याङ्क अनुसार निको हुनेको संख्या केही बढेको देखिन्छ ।

पछिल्लो २४ घण्टामा आठ हजार १४४ नमूना परीक्षण गर्दा थप एक हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ सय ६१ महिला १ हजार १३ जना पुरुष सङ्क्रमित भएका हुन् । काठमाडौँ उपत्यकामा मात्रै ८९९ सङ्क्रमित थपिएका छन् ।

गत २४ घण्टामा काठमाडौँमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९ जनामा सङ्क्रमण भेटिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । त्यस्तै सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो सँगै मृत्यु हुनेको संख्या १३ सय नाघेको छ । हालसम्म कोरोनाका कारण एक हजार ३०५ जनाको मृत्यु भएको छ । २४ घण्टामा २३ सय २३ जना सङक्रमण मुक्त भएका छन् । अहिलेसम्म एक लाख ९३ हजार ३२५ सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर २४ हजार नौ सक्रिय सङ्क्रमित छन् । सत्र हजार २०६ जना होम आइसोलेसनमा छन् । तीन सय ३६ जनाको आइसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.