इतिहासमै पहिलोपटक एसियाली खेलकुद प्रतियोगिताको खर्च सार्वजनिक

काठमाडौं- इतिहास मै पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग २०७६ को खर्च सार्वजनिक गरेको छ ।

साग आयोजना भएको ठिक एक वर्षको अन्तरालमा पत्रकार सम्मेलनको आयोजना गर्दै राखेपले इतिहासमै पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिताको बजेट विवरण सार्वजनिक गरेको हो ।

ठुलो कार्यक्रम सम्पन्न भएसँगै बजेट अपुग भएर अर्थ मन्त्रालयमा थप रकम निकासा गर्न धाउने परम्परा तोड्दै राष्ट्रिय खेलकुद परिषद् राखेपले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग २०७६ का लागि सरकारले विनियोजित गरेको रकमको करिब ३०% फिर्ता गरेको बताएको छ ।

इतिहास मै पहिलो पटक खर्च विवरण सार्वजनिक गर्दै राखेपका सदस्य सचिब रमेश कुमार सिलवालले खेलकुद आयोजनातर्फ १ अरब ३१ करोड ७८ लाख ४३ हजार रुपैया र संरचना निर्माणतर्फ २ अरब ८६ करोड १४ लाख २८ हजार खर्च भएको विवरणमा आज सार्वजनिक गर्नु भयो । प्रतियोगिता आयोजना गर्ने सुरुमा राखेप ले ५ अर्ब बेसी को प्रस्ताब सरकार समक्ष प्रस्तुत गरेको थियो ।

विनियोजित बजेटको प्रतियोगिता आयोजना भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्ता ब्यक्त गरेपनि कोभिड महामारीका कारण ढिला भएको उल्लेख गर्दै सिलवालले यसबिच अनियमितता भएको ब्याडमिन्टनको सामाग्री खरिद लगायतका बिषयमा गठित छानबिन कमिटिको प्रतिबेदन अनुसार कारबाही बढाइने जानकारी दिनुभयो ।

पुर्वाधार निर्माण तथा संरचनामा ५०% भन्दा बढी रकम खर्च हुँदा देशले दीर्घकालिन संरचन पाएको बताउँदै सिलवालले आगमी दिनमा राष्ट्रिय खेलकुद लगायत प्रतियोगिता आयोजना गर्न अब केही प्रदेश सक्षम हुने बताउने भयो ।

१३औं साग गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक सहित कुल २ सय ६ पदक जित्दै दोस्रो भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.