अन्नपूर्णले थाल्यो ‘खाना नफालौं अभियान’

कास्की- खानाको सदुपयोग गर्नुपर्ने भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘खाना नफालौं’ अभियान सुरु गरेको छ ।

जसअन्तर्गत खानाको महत्वबारे सार्वजनिक कार्यक्रममा जानकारी दिने, प्रधानाध्यापक वैठक तथा विद्यालय स्तरका साथै गाउँटोलमै पुगेर गाउँपालिकाले संचेतना जगाउँदै आएको छ ।

विज्ञानले सबै कुराको आविश्कार गरेपनि खानाको विकल्प दिन नसकेको भन्दै मानवजीवनका लागि खाना निकै महत्वपूर्ण रहेको गाउँपालिका अध्यक्ष युवराज कुँवरले औल्याउनुभयो ।

गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत उक्त अभियानलाई समावेश गरेको छ । जसमा स्थानीय तहमा उत्पादित खाद्यान्नको सञ्चिती र संरक्षण गर्ने र कुनैपनि प्रकारका खानेकुराहरु खेर नफाल्न गाउँपालिकावासीलाई आग्रह गर्ने उल्लेख छ ।

त्यसबारे अब चाँडै सार्वजनिक चोक, भवन, वडा भवन, विद्यालय, बढी मानिसको जमघट हुने स्थल लगायतमा सूचना टाँस गर्ने तयारी पनि गाउँपालिकाले गरेको छ ।

साथै गाउँपालिकाले ‘कृषि क्षेत्रको अभिवृद्धिः अन्नपूर्ण गाउँपालिकाको समृद्घि’ नारालाई आत्मसाथ गर्दै कृषि उत्पादनमा समेत जोड दिंदै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.