जापानमा निःशुल्क कोरोना विरुद्धको खोप सुविधा सम्वन्धी ऐन संसदबाट पारित

टोकियो- जापानमा बस्‍ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।

जापानको संसदले निःशुल्क खोप सेवा सम्बन्धी कानुन पारित गरेसँगै जापानमा बस्ने सबैका लागि निःशुल्क खोप सेवा उपलव्ध हुने निश्चित भएको हो ।

नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ ।

सरकारले छ करोड मानिसका लागि औषधी उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।

त्यसैगरी १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको जापानी अधिकारीहरुले जनाएका छन् । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार १०० जनाको मृत्यु भएको छ भने एक लाख ५० हजार सङ्क्रमित भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.