बेलायत र युरोपेली संघबीच ऐतिहासिक सम्झौता

युरोपेली संघबाट बेलायत छुट्टिएपछिको अवस्थामा हुने व्यापारका विषयमा बेलायत र युरोपेली संघबीच ऐतिहासिक समझदारी भएको छ ।

लामो समयदेखि जारी बेलायत र इयु बीचको बार्ता माछा मार्ने सम्बन्धी अधिकार र भविष्यमा हुने व्यापारिक नियमका विषयमा सहमति हुन नसक्दा अड्किएको थियो ।

असमझदारी भएका विषयमा केन्द्रित हुँदै गरिएको वार्तामा ऐतिहासिक सहमति कायम भएको र यो सहमति पूरै युरोपका लागि राम्रो खबर भएको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताउनु भएको छ ।

युरोपेली संघमा आवद्ध २७ देशबाट औपचारिक रुपमा बेलायत बाहिरिपछि आगामी साताको बिहीबार इयुसँगको नयाँ व्यापारिक नियम कार्यान्वयनमा आउने छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.