क्रोयसियाको मध्य भागमा ६.४ म्याग्निच्युडको भूकम्प, ७ जनाको मृत्यु

मध्य क्रोयसियामा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प जाँदा ७ जनाको मृत्यु हुनुका साथै कयौं घाइते भएका छन् ।

मृत्यु हुनेका १२ वर्षीया बालिका समेत परेकी छन् । भूकम्पबाट क्रोयसियाका पेट्रिन्जा, ग्रिना, रुबल लगायतका शहरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पबाट प्रेट्रिन्जा शहर आधाभन्दा बढी क्षतिग्रस्त भएको त्यहाँका मेयरले बताएका छन् । भूकम्पको धक्का क्रोयसियाको राजधानी जाग्रावका साथै छिमेकी मुलुकहरु बोस्निया र सर्वियामा पनि महसुस गरिएको छ ।

परकम्प जाने क्रम जारी रहेको र भूकम्पमा परि भग्नावशेषमा च्यापिएकाहरुको उद्दार कार्य जारी रहेकाले क्षतिको विवरण आइसकेको छैन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.