आन्तरिक पर्यटकलाई आकर्षित गर्दै गुराँसे भ्यूटावर (फोटो फिचर)

दैलेख- दैलेखको गुराँसे क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ । कर्णालीको चर्चित पर्यटकीयस्थल मुगुको रारा पुग्ने अधिकाँश पर्यटकहरुले गुराँस क्षेत्रमा खाना खाने र केहीबेर बिश्राम लिने गर्दछन् ।

अहिले गुराँसे क्षेत्रमा निर्माण गरिएको भ्यूटावरबाट नेपालगञ्जदेखि बर्दियासम्मको दृश्यावलोकन गर्न सहजै पाउने भएपछि आन्तरिक पर्यटकहरुको भिड नै लाग्ने गरेको छ ।

कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय दैलेखले ३४ लाख २० हजारमा भ्यूटावर निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकहरुको आर्कषण बढ्दै गएको हो । यस अझै व्यवस्थापन गर्नुपर्ने माग स्थानीयको छ ।

भ्यूटावर प्रवेश शुल्क प्रतिव्यक्ति २५ रुपैयाँ रकम तोकेपछि मासिक २ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उठेको रकमले थप पूर्वाधार निर्माण गरिने स्थानीय वन समितिका पदाधिकारी बताउनुहुन्छ ।

प्रशस्त मात्रामा गुराँस पाइने यो क्षेत्रमा गुराँसको कृतिम आकृतिको रुख निर्माण गरिएको छ गुराँसको कृतिम बुटामा सेल्फि खिच्नेहरु र भ्यूटावरबाट दृश्यावलोकन गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.