पत्नीको उपचारका लागि अध्यक्ष दाहाल मुम्बई प्रस्थान

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि मुम्बई प्रस्थान गर्नुभएको छ ।

सोमबार बिहान ११ बजे नेपाल एयरलाइन्सको जहाजबाट दाहाल मुम्बई प्रस्थान गर्नुभएको हो । मुम्बई प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता कार्यकर्ता पुग्नुभएको थियो ।

दाहालकी पत्नी सीता विगत केही वर्षदेखि पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्छ ।

दाहालका साथ छोरीहरु रेणु र गंगा दाहाल पनि मुम्बई प्रस्थान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.