चिलिमे त्रिशूलीको ६५ प्रतिशत काम सकियो

काठमाडौं– रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि निर्माण भइरहेको चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइनको काम करिब ६५ प्रतिशत सकिएको छ ।
सन् २०२१ को जनवरीमा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेकोमा भौगोलिक विकटता, सडकको पहुँच नपुगेको, डिजाइनमा धेरै समय लागेको तथा कोभिडका कारण निर्माणमा ढिलाइ भएकाले आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताउनुभयो । चिलिमेमा निमार्णधिन २२० केभी सब स्टेशन आउदो वर्षको मे ३१ सम्म काम सक्ने गरि म्याद थप गरिएको आयोजना प्रमुख शाहले बताउनुभयो ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका स्थित गोल्जुङ देखि नुवाकोटको किस्पाङ गाउँपालिका को त्रिशूली थ्रि बी हब सम्म ७९ वटा टावर रहने बताइएको छ भने प्रसारण लाइनको दूरी साढे २८ किलोमिटर रहेको छ । गोल्जुङ देखि मैलुङसम्म २२० केभि डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रिबिको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण गरिने आयोजनाले बताएको छ । चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइनमा ५ सय मेगावट विद्युत जडान गर्न सकिने छ ।






प्रतिक्रिया राख्नुहोस्