२४ घण्टामा २५९ जना कोरोना संक्रमित
काठमाडौं– नेपालमा आज थप २५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३३९९ जनाको गरिएको पीसीआर परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ५१३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५८ हजार ४ सय ४१ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ५ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९१७ रहेको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा १९४ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना संक्रमित थपिए ।
प्रतिक्रिया राख्नुहोस्