बेलायतमा सबै प्रकारका यात्रा प्रतिबन्ध

लन्डन– बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि आगामी सोमबारदेखि सबै प्रकारको यात्रा प्रतिबन्ध लगाउने घोषणा गरिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नागरिकको जीवन रक्षाका लागि मुलुक प्रवेश गर्ने सबै बाटाहरु बन्द गरिने बताउनु भएको हो । अत्यावश्यक कामका लागि अन्य मुलुकबाट बेलायत प्रवेश गर्ने सबैलाई अनिवार्य रुपमा कोभिड नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्नेछ ।

ब्राजिलमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि दक्षिण अमेरिका र पोर्चुगलबाट बेलायत आउन शुक्रबारदेखि नै प्रतिबन्ध लगाइएको छ । बेलायतले घोषणा गरेको यात्रा प्रतिबन्ध लगायतका प्रतिबन्धात्मक व्यवस्था आगामी फेब्रुअरी १५ सम्म लागू गरिने छ । बेलायतमा हालसम्म ८७ हजारभन्दा बढी मानिसको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

कोरोना परीक्षण गरेको २८ दिनभित्र झण्डै १३ सय जनाको पछिल्लो समय मृत्यु भएको हो । पछिल्लो २४ घन्टामा मात्रै ५६ हजार नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय बेलायतमा दैनिक संक्रमण र मृत्युदर दुबैमा वृद्धि भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.