खोप अभियान र परीक्षणमा तिव्रता वाइडनको प्रमुख योजना

अमेरिकी राष्ट्रपति जो बाइडनले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै कोभिड-१९ नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर कार्यकारी आदेश जारी गर्नुभएको छ ।

कोरोना महामारीका कारण भएको भयावह स्थितिबाट मुलुकलाई मुक्त गर्न बाइडनले कोरोना विरुद्धको खोप अभियान र परीक्षणलाई बढाइने बताउनु भएको छ ।

आपतकालीन व्यवस्था अन्तर्गत् मास्कको उत्पादनलाई बढाउने र १०० दिन मास्क लगाउने अभियानलाई अनिवार्य बनाइने योजना बाइडनको छ । राष्ट्रपति बाइडनले महामारीबाट मुक्त हुन केही महिना लाग्न सक्ने बताउँदै त्यसका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताउनु भयो ।

राष्ट्रपति बाइडनले सपथ लिए लगत्तै महामारी विरुद्ध आफ्नो अभियान शुरु गर्नुभएको हो । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना महामारी नियन्त्रणमा काम नगरेको भन्दै व्यापक आलोचना हुँदै आएको थियो ।

अमेरिकामा हालसम्म २ करोड ५० लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या पनि ४ लाख २० हजारको हाराहारीमा पुगिसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.