हामी पनि राम्रो हुने !

कर्णाली- राष्ट्रिय सौन्दर्यकर्मी नेपाल कर्णाली प्रदेशले मानव सेवाआश्रम सुर्खेतमा आश्रितहरुको केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले सोमबार आश्रममा आश्रित मानवहरुको केश काटेर सुधार गरेको हो ।

केश काट्नुका साथै उनीहरुको व्यक्तिगत सरसफाइ गरिएको सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रमी शाक्यले बताउनुभयो ।

‘मानव सेवा नै सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मानवसेवा आश्रममा आश्रितहरुको केश सुधार गरिएको अध्यक्ष शाक्यले बताउनुभयो ।

मानव सेवाआश्रम कर्णाली प्रदेशका संयोजक सृजना ओलीले सौन्दर्यकर्मीहरुको यसप्रकारको सहयोगबाट निकै खुशी मिलेको बताउनुभयो ।

“सडकबाट आएकाहरुलाई सेवा गर्न मानिसहरु हत्तपत्त आउँदैनन्”, संयोजक ओलीले भन्नुभयो, “यद्यपि हाम्रो सानो अनुरोधमा युनियनका प्रदेश अध्यक्षले सौन्दर्यकर्मीहरुको साथ सहयोगमा केश सुधार गरिदिनुभएको छ ।”

उहाँले कोरोना महामारीका कारण भएको लकडाउनले आश्रममा आश्रित आमाबुबाहरुको केश काटेर पवित्र सहयोग गरेको भन्दै सौन्दयकर्मी युनियन नेपाललाई हार्दिक धन्यवाद दिनुभएको थियो ।

नौ सौन्दयकर्मीले ५० आश्रित मानवको केश काट्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.