महालक्ष्मीका पाँच वडामा मेलम्चीको खानेपानी पुर्‍याइने

काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिकाका पाँच वडामा मेलम्चीको खानेपानी पुर्‍याइने भएको छ ।

खानेपानी मन्त्री मणिचन्द्र थापाको अध्यक्षतामा मंगलबार मन्त्रालयमा बसेको बैठकले १, २, ३, ४ र ५ नम्बर वडामा पानी वितरण गर्न आवश्यक तयारी गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा मन्त्री थापा, नगर प्रमुख श्रेष्ठसहित सहसचिव सुनिलकुमार दास, रितेश शाक्य, काठमाडौं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणा, उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का निर्देशक कमलराज श्रेष्ठ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य सहभागी हुनुहुन्थ्यो ।

नगर प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालिकामा मेलम्चीको खानेपानी पुर्‍याउन महत्वपूर्ण बैठक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.