स्वामीनारायण बीएपीएस नेपालद्वारा रसुवा–भोटेकोशी बाढीपीडितलाई राहत सहयोग

काठमाडौँ- स्वामीनारायण बीएपीएस नेपालले रसुवा–भोटेकोशी बाढीपीडितलाई राहत सामग्री सहयोग गरेको छ।
संस्थाले आज जिल्ला प्रशासन कार्यालयमार्फत बाढीपीडितलाई राहत सामग्री सहयोग गरेको हो।
राहत सामग्रीमा अत्यावश्यक खाद्य सामग्री, ब्ल्याङ्केटलगायतका सामग्री प्रदान गरिएको संस्थाका संयोजक चिरञ्जीवी आचार्यले जानकारी दिनुभयो।
संस्थाले यसअघि पनि विभिन्न विपद्का बेला सहयोग गर्दै आएको आचार्यले बताउनुभयो।






प्रतिक्रिया राख्नुहोस्