वाइडन-पुटिन टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलोपटक टेलिफोन वार्ता भएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक भएको फोनवार्तामा बाइडनले रुसी राष्ट्रपति पुटिनलाई निर्वाचनमा भएको हस्तक्षेपका विषयमा चेतावनी दिनुभएको ह्वाइट हाउसले जनाएको छ ।

वार्तामा रुसमा जारी विपक्षी दलको प्रदर्शन र अमेरिका रुस आणविक हतियार सन्धि विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

रुसी राष्ट्रपति पुटिनले बाइडनलाई औपचारिक रुपमा बधाई दिनुका साथै दुबैजना आपसी सम्पर्कमा रहन सहमत भएका छन् ।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले थुप्रै अमेरिकी ह्याकमा रुसको हात रहेको जनाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.