प्रविधि र विषयवस्तुको रुपान्तरणले दर्शकको पहिलो रोजाइमा छ- नेपाल टेलिभिजन

काठमाडौं- नेपाली टेलिभिजन दुनियाँमा नेपालकै पहिलो टेलिभिजन च्यानल ‘नेपाल टेलिभिजन’ आजदेखि ३६ बर्ष पुरागरी ३७ ‍औं बर्षमा प्रवेश गरेको छ ।

२०४१ साल माघ १७ गते विधिवत् प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजन नेपालमा भएका हरेक राजनीतिक परिवर्तन र शासकीय रुपान्तरणका लागि समाचार र कार्यक्रम मार्फत योगदान गर्ने एकमात्र ‘साक्षी’ प्रसारण संस्थाका रुपमा स्थापित छ ।

विषयवस्तुमा समयसापेक्ष सुधार गर्दै प्रविधिमा रुपान्तरण गरेको नेपाल टेलिभिजनका हाल ५ वटा च्यानलहरु रहेका छन् ।

नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपर र एनटीभी इटहरी मार्फत आम दर्शकलाई दैनिक प्रसारण सेवा दिइरहेको छ ।

नेपाल टेलिभिजनले पछिल्लो समय शुरु गरेको ‘नेपालटीभीअनलाइन’ तथा यूट्युबलगायतका डिजिटल आउटलेटहरु अहिले लोकप्रिय बन्दै गएका छन ।

कार्यक्रममा गुणस्तरीयता र समाचारको विषयवस्तुमा विश्वसनीयताका साथै आधिकारिकताले नेपाल टेलिभिजन अझै दर्शकमाझ लोकप्रिय रहँदै आएको छ ।

२०४६ सालमा भएको आन्दोलन , २०६२/६३ को जनआन्दोलन र संविधानसभा निर्वाचन लगायतका विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्ष र परिवर्तनमा नेपाल टेलिभिजनको भुमिका महत्वपूर्ण रहँदै आएको छ ।

नेपालको संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र समतामूलक सामाजिक न्यायको मूलभुत पक्षलाई आत्मसाथ गर्दै नेपाल टेलिभिजनले आफ्ना प्रसारणका विषयवस्तुहरु पस्कने गरेको छ ।

विकास निर्माण तथा शिक्षा-स्वास्थ्य लगायत जनसरोकारका सवालमा सरकार र जनताबीच संचार सम्बन्ध स्थापित गर्न नेपाल टेलिभिजन सेतुको रुपमा रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.