कडा प्रतिबन्धका बाबजुद पनि फ्रान्समा कोरोना संक्रमण बढ्यो

फ्रान्सले भोलिदेखि गैर युरोपेली मुलुकका नागरिकहरुलाई फ्रान्स प्रवेशमा प्रतिबन्ध लगाउने भएको छ । गैर युरोपेलीका लागि परीक्षणको मापदण्ड पनि थप कडाई गरिएको छ ।

फ्रान्सका प्रधानमन्त्री जिन क्यासटेक्सले कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्न सीमा नाका सम्बन्धी कडा प्रतिबन्धको घोषणा गर्नुभएको छ । तर देशव्यापी लकडाउनको पक्षमा आफू नरहेको पुनः दोहोर्‍याउनु भएको छ ।

पहिले नै लागू गरिएको रात्रीकालीन कर्फ्यु लगायतका अन्य प्रतिबन्धात्मक व्यवस्था कडाईका साथ कार्यान्वयनमा ल्याउन प्रहरी परिचालन गरिने पनि फ्रान्सेली प्रधानमन्त्री जिनको भनाई छ ।

फ्रान्समा कडा प्रतिबन्धका बाबजुत पनि संक्रमण बढिरहेको छ । हालसम्म ३१ लाख ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण भइसकेको भइसकेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि ७५ हजार नाघिसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.