नेपाल टेलिभिजनलाई यही सीमित राख्न चाहँदैनौंः सञ्चार मन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिभिजनलाई यही सीमित राख्न नचाहेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनको ३६ औं वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले थप अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलको विकास गरिने जानकारी दिनुभयो । ‘नेपालीको भावनालाई विश्वसँग पुर्‍याउन पाँच वटा च्यानलमा एक अन्तर्राष्ट्रिय टेलिभिजन च्यानल थप गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मन्त्री गुरुङले प्रविधि र कार्यक्रम उत्पादन उत्कृष्ट सावित हुँदै गएको नेपाल टेलिभिजनलाई विश्व समुदायमा पहुँच पुर्‍याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगतमा जे जस्तो आर्थिक, व्यवस्थापकीय नीति, निर्देशिका, कार्यविधि र कठीनाइ व्यहोर्नुभयो,’ उहाँले भन्नुभयो, ‘अब नयाँ ढंगबाट युगान्तकारी काम गर्नुपर्नेछ ।’

मन्त्री गुरुङले नेपाल टेलिभिजनका कर्मचारी र कर्मचारी संगठनले देखाएको सौहार्दपूर्ण व्यवहारको प्रशंसा गर्नुभयो ।

नेपाली पत्रकारिता पञ्चायतकालको जस्तो नभएको बताउँदै सरकारी सञ्चार माध्यमलाई सरकारले कुनै हस्तक्षेप र नियन्त्रणको नीति नलिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.