एनटीभी इटहरी दोश्रो बर्षमा प्रवेश

सुनसरी- नेपाल टेलिभिजनको क्षेत्रीय च्यानल एनटीभी इटहरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।

यसै सन्दर्भमा च्यानलले आफ्नो पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिकोत्सव कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सरकारी सञ्चार माध्यम सरकारको प्रवत्ता नभई आम नेपाली जनताको प्रवत्ता हुनुपर्ने बताउनुभयो । हिमालदेखि पहाड र तराईसम्म छरिएर रहेका भाषाभाषी र जातजातीको टेलिभिजनका रुपमा एनटीभी इटहरी च्यानल स्थापित हुनेमा मुख्यमन्त्री राईले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल टेभिजनका कार्यकारी अध्यक्ष ड.महेन्द्र विष्टले टेलिभिजनप्रति नेपाली जनताको अपनत्व बढाउन टेलिभिजनले आफ्नो कुरा भन्दा पनि आम जनताको कुरालाई धेरै महत्व दिने गरेको उल्लेख गर्नुभयो।

कार्यक्रममा एनटीभी इटहरी च्यानलका प्रमुख  पुष्पहरि क्याम्पा राईले छोटो अबधिमा एनटीभी इटहरीले प्रदेश नं १ र २ का जनजीविका एवं संस्कृतिलाई आम नेपालीसामु पुर्‍याउने जमर्को गरेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.