रोनाल्डोको २ गोलको मद्दतले पहिलो सेमिफाइनलमा युभेन्टसको जीत

पोर्चुगिज स्टाइगर क्रिष्टियानो रोनाल्डोको दुई गोलले युभेन्टसले कोपा इटालियाको पहिलो सेमिफाइनलमा जीत हासिल गरेको छ ।
आज बिहान सम्पन्न सेमिफाइनलको पहिलो लेगमा इन्टरमिलानलाई एक गोलका विरुद्ध दुई गोल गर्दै युभेन्टसले जीत निकालेको हो ।
इन्टरमिलानले आफ्नै घरेलु मैदानको फाइदा उठाउँदै पहिलो हाफको नवौं मिनेटमा एक गोल गर्दै खेललाई आफ्नो पक्षमा पारेको थियो । खेलको २५औं मिनेटमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरेपछि खेल बराबरीमा पुग्यो ।
पहिलो हाफकै ३५औं मिनेटमा रोनाल्डोले अर्को गोल थप्दै युभेन्टसले खेलको अन्त्यसम्ममा दुई गोलको अग्रता कायम राख्दै खेल आफ्नो पक्षमा पारेको हो । अर्को सेमिफाइनलको पहिलो लेग आज राती नेपोली र एटलान्टाबीच हुँदैछ ।-





प्रतिक्रिया राख्नुहोस्