मंगल ग्रह अवतरणको चकित बनाउने तस्वीर

न्यूयोर्क– अमेरिकी अन्तरिक्ष निकाय नासाले हालै मंगल ग्रहमा सफल अवरतण गरेको अन्तरिक्ष यान पर्सिभिअरेन्सले खिचेका स्पष्ट र चकित बनाउने तस्वीरहरु सार्वजनिक गरेको छ ।

शनिबार बिहान अवरतण गरेको अन्तरिक्ष यानले मंगल ग्रहमा अवतरण गरिरहँदाको अवस्थाको तस्वीर खिचेको छ । अन्तरिक्ष यानमा राखिएको मेमोरी बैंकमा ठूलो मात्रामा डाटा राखिएकाले यसले खिचेका तस्वीरहरु विस्तारै पृथ्वी तर्फ पठाउँछ ।

मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो । एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ । अर्बौँ वर्ष अघि मङ्गल ग्रहको जेजेरो भनिने स्थानमा एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ ।

पर्सिभिअरेन्स रोभर जेजेरो क्रेटरमा नै अवतरण गरेकाले यसले विस्तृत अध्ययन गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.