लिगलिगे दौडमा मल्ल पहिलो
गोरखा- प्रजातन्त्र दिवसको अवसरमा पालुङटार नगरपालिकाको लिगलिगकोटमा भएको लिगलिगे साइकल दौडको उपाधि एपीएफका लक्ष्मण मल्लले जितेका छन् ।
५२.९ किलोमिटर दुरी दुई घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै उनी प्रतियोगीतामा विजयी बनेका हुन् ।
नेपाली सेनाका हिमाल टमाटा उपविजेता वने । उनले दुई घण्टा ३१ मिनेट ३५ सेकेण्डमा निर्धारित दुरी पार गरेका छन् । निर्धारित दुरी दुई घण्टा ३६ मिेनट ५६ सेकेण्डमा पार गर्दै ओकेशराज व्रज्राचार्य तेस्रो वनेका छन् ।
महिलातर्फ एपीएफकै सोनी गुरुङ पहिलो भएकी छिन् । उनले दुई घण्टा ५६ मिनेट ७ सेकेण्डमा निर्धारित दुरी पार गरिन् ।
तीन घण्टा दुई मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै लक्ष्मी मगर दोस्रो र तीन घण्टा नौ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी पार गरेर उषा खनाल तेस्रो भएकी छन् ।।
प्रतिक्रिया राख्नुहोस्