प्रधानमन्त्रीले भोलि कोरोनाविरुद्धको भ्याक्सिन लगाउने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउनुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

यसैगरी मन्त्रालयद्वारा कोभिड सम्वन्धमा जानकारी दिन आयोजित नियमित टिलिभिजन ब्रिफिङका क्रममा पनि स्वास्थ्य मन्त्री त्रिपाठीले खोप सुविधाको उपभोग गर्न सबैलाई अपिल गर्नुभयो । साथै उहाँले सबै नागिकहरुलाई खोप सुविधा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको भन्दै बाँकी खोप पनि छिट्टै ल्याउने बताउनुभयो ।

सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.