भारतलाई ८ विकेटले हराउँदै इङल्यान्डको शानदार जीत

इङल्यान्डले पहिलो टिट्वान्टी खेलमा घरेलु टोली भारतलाई ८ विकेटले हराउँदै शानदार जीत निकालेको छ ।

गए राति सम्पन्न पहिलो टिट्वान्टी खेलमा भारतलाइ हराउँदै इङल्यान्डले ५ टिट्वान्टी सिरिजमा १ शुन्यको अग्रता लिएको हो । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली भारत २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ समेटिएको थियो ।

१ सय २५ रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको इङल्यान्डले १५ दशमलब ३ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेपछि यो जीत इङल्यान्डको पोल्टामा गएको हो । पहिलो विकेटका लागि जेसन रोय र जस वटलरले ८ ओभरमा ७२ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात गरेपछि इङल्यान्डलाइ जीत निकाल्न सहज भएको हो ।

आफ्नो व्यक्तिगत ४ ओभरमा २३ रन खर्चिएर ३ विकेट लिन सफल इङल्यान्डका तेज गतिका बलर जोफ्रा आर्चेर उत्कृष्ट खेलाडी घोषित भएका थिए । अब दोस्रो टिट्वान्टी खेल भोली मोदी स्टेडियम अहमदाबादमा नेपाली समय साँझ ७ बजेर १५ मिनेटबाट खेलिदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.