अपडेट : बम विष्फोटमा घाइते दुईको अवस्था गम्भीर, घाइतेलाई काठमाडौं लगियो

सिरहा– सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट हुँदा गम्भीर घाइते भएका धनगढीमाई नगरपालिका वार्ड नं. ४ का दिनेश भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । अन्य घाइतेहरुको उपचार लहानस्थित अस्पतालहरुमा भइरहेको छ ।

आधा दर्जन बढी घाइते भएका मध्ये कार्यालयका कर्मचारी नायव सुब्बा शिवकुमार यादव छन् । बाँकी सेवाग्राहीहरु रहेको प्रहरीले जनाइएको छ ।

सेवाग्राहीहरुको अत्यधिक भीडका कारण घाइतेहरूको पहिचान खुल्न नसकिएको जनाइएको छ । भाडाको घरमा सञ्चालन भएको मालपोत कार्यालयको अति भिडभाड हुने पहिलो तल्लामा मोठ फाँट नजिक विष्फोट भएको प्रहरीले जनाएको छ ।

विष्फोट भएको तलामा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को टुक्रा टुक्रा भएको अवस्थामा पर्चा भेटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.